Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

पत्रकार महासंघलाई सहयोग

सुर्खेत ।

राष्ट्रिय खेलकुद महासंघले सुर्खेतका पत्रकारहरुका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । खेलकुद महासंघले नेपाल पत्रकार महासंघलाई एक हजार ५ सय मास्क र दुई बोत्तल सेनिटाइजर सहयोग गरेको हो । खेलकुद महासंघका केन्द्रीय उपमहासचिव नन्दा बस्याल, प्रदेश संयोजक सुरज थापाले पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेललाई ती सामग्री हस्तान्तरण गरेका छन् ।

No description available.

महासंघका प्रदेश संयोजक सुरज थापाले कोभिडमा अग्रपंक्तिमा खटिएर जनतालाई सुसूचित गर्ने कार्यमा अग्रसर पत्रकारहरुको स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य सामग्री सहयोग गरेको बताए । उनले पत्रकारसहित प्रहरी र स्वास्थ्यकर्मीहरुलाई पनि स्वास्थ्य सामग्री प्रदान गरिने जानकारी दिए ।

महासंघका केन्द्रीय उपमहासचिव नन्दा बस्यालले पत्रकारहरु पनि कोरोनाबाट संक्रमित हुनसक्ने हुँदा रोकथामका लागि महासंघले सहयोग गर्न पाउँदा खुशी लागेको बताइन् । पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले पत्रकारहरुलाई पनि सम्झेर स्वास्थ्य सामग्री सहयोग गरेकोमा खेलकुद महासंघलाई धन्यवाद ज्ञापन गरे ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ सुर्खेतका निवर्तमान उपाध्यक्ष माया थापासहित कार्यसमिति सदस्यहरु विवशकुमार सेजुवाल र पुनम विसीसमेतको उपस्थिति थियो ।