Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

गजल

खगेन्द्र गिरी ‘कोपिला’

कोही पनि हुन्न साथी यहाँ नदी जस्तो।
संगति पनि छैन अचेल संगति जस्तो।

कागज र अक्षर पनि पराधीन भए जब।
न कलम कलम जस्तो, न मसी मसी जस्तो।

फर्किन्छु जब जब म स्वप्न उडान गरि ।
नाँचौ नाँचौ झैं लाग्छ मलाई चरी जस्तो।

कहिले हाँस्छ मन फूलजस्तो, रुन्छ जून जस्तो।
कहिले एक्लै लजाउँछ युवती जस्तो।

तर्क र आलोचना मूलमन्त्र भएदेखि।
कवि पनि अचेल त लाग्दैनन् कवि जस्तो।

सम्झना पनि बनिदिन्छ कहिलेकाहीं।
आयुर्वेदको कुनै पुरानो औषधी जस्तो।

कुन्नी के भो हेर्नुहोस् त प्रिय ‘कोपिला’जी
लाग्दैन यो जिन्दगी पनि जिन्दगी जस्तो।

नेपालगञ्ज-१ आदर्शमार्ग, जल उद्यान (बाँके)