Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

फरार प्रतिवादी पक्राउ

सुर्खेत ।
चेक अनादर मुद्दामा फरार एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १ धारापानी बस्ने बर्ष ३२ की पार्वती शाहीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनलाई चेक अनादर मुद्धामा सुर्खेत जिल्ला अदालतको मिति २०७७।११।२८ गतेको फैसलामा २ बर्ष कैद सजाय तोकिएको थियो । फैसला कार्यान्वयनको लागि विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले यही असार २० गते पक्राउ गरेको हो ।

उनलाई कोरोना परीक्षण नभएसम्मका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतामा राखिएको र कोरोना परीक्षण पश्चात सुर्खेत जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।