Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

एमालेले दिएको भ्याकेट निवेदन सर्वोच्चले गरिदियो खारेज

सुर्खेत ।

एमालेले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदहरूलाई कारबाही गर्न नमिल्ने सर्वोच्चको आदेश पुनरावलोकनका लागि दिएको निवेदन खारेज गरेको छ ।

७ असारमा दर्ता भएको उक्त निवेदन बुधबार न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासले खारेज गरेको हो ।

यसअघि २७ जेठमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कर्णाली प्रदेशसभाका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापामाथि गरिएको कारबाही मान्य नहुने आदेश दिएको थियो ।

दशौं महाधिवेशन आयोजक कमिटीले उनीहरूलाई गरेको कारबाही मान्य नहुने न्यायाधीश राउतको इजलासले आदेश दिएको थियो । यही आदेश पुनरावलोकन गरिपाउँ भन्दै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा निवेदन दिएका थिए ।

एमालेले ३ वैशाखमा फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको भन्दै १४ वैशाखमा सांसदबाट पदमुक्त गरेको थियो ।