थप २,३७० जनामा कोरोना संक्रमण, १८ संक्रमितको मृत्यु
काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ३७० कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ हजार ६८९ पीसीआर र ३ हजार ८९५ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ३७० जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार १३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको छ।
पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४०० पुगेको छ ।






