Loading... आजः ६ माघ २०७८, बिहीबार । Thursday 20th January 2022

काठमाडौं उपत्यकामा ४२५ सहित देशभर थप २,९०५ जनामा कोरोना संक्रमण

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप २, ९०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१०८ पीसीआर परीक्षणमा २०१० जना र ४९१६ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १, ६०६ जना संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६४७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२५ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा २९४, भक्तपुरमा ६७ र ललितपुरमा ६२ जना संक्रमित भेटिएका छन् ।