Loading... आजः २० आश्विन २०८३, मंगलवार । Tuesday 6th October 2026

अदालतको फैसलाविरुद्ध देशैभर भण्डाफोर अभियान चलाउने एमालेको निर्णय

काठमाडौं ।

नेकपा (एमाले) को संसदीय दलको बैठक सम्पन्न भएको छ । संसद् भवनस्थित ल्होत्से हलमा बसेको एमाले संसदीय बैठकले सर्वोच्च अदालतको फैसलाको गाउँ तहसम्म भण्डाफोर अभियान चलाउने निर्णय गरेको छ ।

 बैठकपछि जानकारी दिँदै प्रमुख सचेतक विशाल भट्टराईले यस्तो जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अदालतबाट संविधानको धारा÷उपधाराहरुको अपव्याख्या गरेर जसरी जनादेशलाई पूर्ण रुपमा ईन्कार गरेर लोकतन्त्रलाई उपहास गरेर, दलीय व्यवस्थालाई उपहास गरेर एउटा फैसला गरियो, निर्दलीय व्यवस्थातर्फ मुलुकलाई अग्रसर बनाउने फैसला गरियो, त्यसप्रति हाम्रो यो बैठकले आपत्ति व्यक्त गरेको छ ।’

‘आजसम्म दुनियाँमा अदालतले प्रधानमन्त्री तोक्ने कुरा कहीँ पनि गरेको छैन । संसद विघटन बेठिक हो भनेर पुनःस्थापना गरेको भए त्यो मान्न सकिन्थ्यो, भट्टराईले पत्रकारसँग भन्नुभयो ।