Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

मुस्लिम समुदायले आज बकर इद (इदुल जोहा) पर्व मनाउँदै

काठमाडौं ।

मुस्लिम समुदायले आज बकर इद (इदुल जोहा) पर्व मनाउँदैछन् । यो पर्वलाई इद उल अज्हा अथवा इदुल जोहा पनि भनिन्छ । यस अवसरमा आज नेपाल सरकारले बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इस्लाम धर्माबलम्बीहरूको पर्व बकर इदको अवसरमा साउन ६ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

इदमा मुस्लिम समुदाय मस्जिदमा भेला भएर सामूहिक रूपमा नवाज पढ्ने गर्छन् । तर, यस वर्ष कोरोना भाइरस संक्रमणको कारण मुस्लिम समुदायले घरमै बसेर यो पर्व मनाउँदै छन् । कोरोना संक्रमणको जोखिम उच्च भएकाले विभिन्न मुस्लिम संघसंस्थाले सामूहिक रूपमा भेला नहुन अपिल गरेका छन् ।

इदमा पशुबलि दिने परम्परा छ । हलाल गरेको मासु आफन्त, साथीभाइ र गरिबलाई बाँडेर खाने गरिन्छ । खसी, बोका, राँगा, भैँसी, भेडा लगायतका पशु बलि दिने परम्परा छ ।

यस पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिनुभएको छ । यस्तै, बकर इद (इदुल जोहा) पर्वका अवसरमा पूर्व प्रधानमन्त्रीहरू, विभिन्न दलका नेताहरूले पनि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँहरूको शुभकामना सन्देशमा इस्लाम धर्मावलम्बी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरिएको छ ।