Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

थप २,८३८ जनामा कोरोना संक्रमण

काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६९७ सहित देशभर थप २,८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी जम्मा २,८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म पिसिआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख २४ हजार ४५५ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ लाख ३६ हजार ४०२ जना संक्रमित निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,४७५ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना कारण ३० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ६३६जना संक्रमितको मृत्यु भइसकेको छ।