Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

कविता – याे देश कस्काे हाे ?

म भन्छु याे देश मेराे हाे,
तिमी भन्छाै याे देश मेराे हाे,
ऊ भन्छ याे देश मेराे हाे,
म फेरि बिवेक शून्य भएर उभिईरहन्छु

मीनराज पन्त
अनि साेच्छु,,
याे देश साच्चै कस्काे हाे?
मेराे,तिम्रो वा अरुकाे वा अरु कसैकाे पनि,
के याे देश,
बाेल्न सक्नेहरुका लागि मात्रै हाे?
तालि बजाउन जान्नेहरुका लागि मात्रै हाे?
चतुर्याइँ चाप्लुसि गर्नेहरुका लागि मात्रै हाे?
लुटेरा अनि तस्करहरुका लागि मात्रै हाे?
उदेक लागेर अाउछ, देश कसरी
जित्नेहरुका लागि हाे जिताउनेहरुकाे हाेइन,
हराउनेहरुका लागि हाे हार्नेहरुकाे हाेइन,
अरुकाे रगत बगाउनेहरुकाे हाे
अाफ्नै पसिना बगाउनेहरुकाे हाेइन,
म त्रसित छु, बिवस छु अनि लाचार छु,
मेराे बारीमा किला ठाेक्न
बाटाे बनाउन, ग-हा सम्म्याउन,म अाफै सक्दिन,
छिमेकिकाे स्वीकृति चाहिन्छ ,
बिकास उसैको निगाहमा भर पर्छ,
लडाइँ गर्दा उसैको गुहार चाहिन्छ,
मिल्दा समेत उसैलाई साक्षी राख्नु पर्छ,
तर हामी अाफ्नै युद्ध र शान्तीकाे बखान गरीरहेछाै,
बिश्वलाई बीरताकाे गाथा सुनाई रहेछौं ,
बडाे उदेक लागेर अाउछ,
हामी सार्वभौम देशका स्वतन्त्र नागरिक
स्वतन्त्रताको बयान गरीरहेछाै।
नीति नियम बनाउन,
सरकार बनाउन सरकार चलाउन,
हाम्रो अाफ्नै ल्याकत छैन,
उसैकाे अाशिर्बाद चाहिन्छ ,
त्यसैले म मझधारमा छु
अनि भन्न मन लाग्छ,
याे देश साच्चिकै कस्काे हाे?
मेराे, तिम्रो , उसकाे वा अरु कसैकाे।