Loading... आजः ८ जेष्ठ २०८१, मंगलवार । Tuesday 21st May 2024

थप ३,३६५ जनामा कोरोना संक्रमण, १६ संक्रमितको मृत्यु

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३६५ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षणमा २३३५ जना र ४६८७ एन्टिजेन परीक्षणमा १०३० जना गरी ३३६५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ३७३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ६ लाख ९० हजार ३४२ पुगेको छ ।  योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ८०७ पुगेको छ ।  ६ लाख ५० हजार ४४५ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३९० जना रहेका छन् ।