Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

‘कानुनी लडाइँ जारी छ’ : थापा

सुर्खेत :

सोमबार मात्र सांसद पद गुमेपछि भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापाले कानुनी लडाइँ जारी नै रहेको प्रतिक्रिया दिएका छन् । ‘सर्वोच्चले सोमबार गत जेठ २७ गतेको अन्तरिम आदेश मात्रै खारेज गरेको हो’ उनले भने, ‘फ्लोरक्रसको विषयमा अन्तिम फैसला त हुन बाँकी नै छ, हाम्रो लडाइँ अझै सकिएको छैन ।’ विधि र प्रक्रिया अनुसार नै सर्वोच्चले गरेको निर्णय आएको उनको भनाइ छ ।

 ‘सर्वोच्चको निर्णय विधि र प्रक्रिया अनुसार नै छ’ उनले भने, ‘हामी अदालतको निर्णयको सम्मान गर्छौं ।’ तर नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले भने सोमबारको सर्वोच्चको निर्णयलाई ऐतिहासिक भनेका छन् ।

‘पार्टीको विधि र विद्यान विपरित हिँड्ने सांसदलाई गरेको कारबाही अदालतबाट सदर भएको छ’ उनले भने, ‘कोही पनि दलीय आचरणभन्दा बाहिर रहन मिल्दैन भन्ने प्रमाणित गरेको छ, सर्वोच्चको निर्णय ऐतिहासिक छ ।’