Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

एक्वांस ब्राण्डकाे पानी जारमा किरा, कम्पनीद्वारा पटक–पटक स्वास्थ्यमाथी खेलबाड

सुर्खेत ।

मध्यपश्चिम वाटर एण्ड वेभरेज इन्डस्ट्रिज प्रालि‘एक्वांस’ ब्राण्डले मानवीय स्वास्थ्य संवेदनशीलतामाथी खेलबाड गर्दै आएको छ । उक्त कम्पनीद्वारा उत्पादित ‘एक्वान्स’ ब्राण्डको पानीका जार र बोत्तलमा जुका, किरा, फट्यांग्रा, लेऊ जस्ता कसिंगर पटक–पटक फेला पर्ने गरेका छन् । सोही अनुसार पुनः सील नतोडिएको पानीको जारमा किरा भेटिएको भिडियो सामाग्री उपलब्ध भएको छ ।

पिउनको लागि योग्य र स्वस्थकर मानिने जारको पानीमा जिउँदै किरा पाईएपनि निमयनकारी निकायले सम्बन्धीत पक्षलाई कारबाही नगर्दा यस्ता गल्तीहरु पटक–पटक दोहोरिदैं आएको यो घटनाले पुष्टी गरिदिएको छ ।

मध्यपश्चिम वाटर एण्ड वेभरेज इन्डस्ट्रिज प्रालिकै उत्पादन ‘एक्वान्स’ ब्राण्डको पानीको बोत्तलमा २०७६ भदौं ४ गते फट्यांग्रा, २०७७ साउन २४ गते सील नखोलिएको जारभित्र जिउँदो किरा भेटिएको थियो ।

दूषित पानी उत्पादन तथा विक्री वितरण गरेको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले सोही कम्पनीविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्धादायर बमोजिम जिल्ला अदालत सुर्खेतले दुषित पानी विक्रि गरेको भन्दै एकलाख रुपैयाँ जरिवाना तिराएको थियो । यद्यपी, एक्वांस ब्राण्डले पुनः सोही घटना दोहो¥याउँदै पानीको जारमा जिउँदो किरासहित बजारमा विक्रि गरेको पाइएको हो ।

पिउने पानी जस्तो संवेदनशील वस्तुमा किरा भेटिएको भिडियो दुल्लूखबरलाई प्राप्त भएको छ । उक्त सील नखोलिएको पानीको जारभित्र जिउँदो किरा भेटिएको हो ।

पानीकाे जारमा  जिउँदाे कीरा भेटिएकाे एक्वांस ब्राण्डले स्वीकार गरेकाे छ । कम्पनीका म्यानेजर कमला पाेखरेलले त्रुटीवस किरा परेकाे हुनसक्ने स्वीकार गरेकी हुन् । स्रोतः दुल्लुखबर