Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

कर्णालीमा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

सुर्खेत |

शुक्रबार कर्णाली प्रदेशमा थप १२७ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण देखिएको छ । १८५ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा ८८ र १६५ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणका क्रममा ३९ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार सबैभन्दा धेरै सुर्खेतमा मात्र ९४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै दैलेखमा १२, कालिकोटमा ११, मुगुमा ६ र सल्यानमा ४ जनामा कोराना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । प्रदेशभर ६७ जनाले मात्र कोरोनालाई जितेर डिस्चार्ज भएका छन् भने सक्रिय संक्रमितको संख्या बढेर ८४६ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालयका निर्देशक प्रमुख डा.रविन खड्काले शुक्रबार कोरोना संक्रमणका कारण सुर्खेतमा २ जनाको मृत्यु भएको जानकारी दिए । केही समयदेखि कर्णालीमा मृत्युदर शून्यमा थियो। योसँगै कर्णालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३५५ जना पुगेको छ ।