टोल–टोलमा चेतनामूलक कार्यक्रम
सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाहरुमा रहेका टोलहरुमा चेतनामूलक कार्यक्रम सुरु भएको छ । एकता फाण्डेशन नेपाल सुर्खेतको आयोजनामा उक्त चेतनामूलक कार्यक्रमहरु संचालन भएका हुन् । जस अन्र्तगत वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ को नारायण टोल र औद्योगिक क्षेत्र टोलमा शनिबारका दिन चेतनामूलक कार्यक्रम संचालन भएका छन् ।

कार्यक्रममा टोलका प्रतिनिधिहरुसँग वडा कार्यालयका स्वास्थ्यकर्मी मित्र नेपालीले कोरोना भाइरसबाट बच्नका लागि अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाका बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा कोरोनाको तेस्रो लहरबाट उत्पन्न हुन सक्ने जोखिमका बारेमा एकता फाउण्डेशनका सहसचिव नविन रेग्मी र खगेन्द्र अधिकारीले जानकारी गराउनु भएको थियो । कार्यक्रममा टोल विकासका अध्यक्ष भगवान प्रसाद जैसी र रामप्रसाद चालिसेको पनि उपस्थिति रहेको थियो ।






