थप ३,५९४ जनामा कोरोना संक्रमण, २२ संक्रमितको मृत्यु
काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५९४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५९४ जनाको पिसिआर र एन्टीजेन परीक्षण हुँदा ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १० हजार ४४५ जनाको पिअिसार परीक्षण गर्दा २ हजार ६०९ र र ६ हजार १४९ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २२ जना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर ३६ हजार २८८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।






