Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कर्णालीको विकास हुन नदिने यामलाल कँडेलहाे भाैतिक पूर्वाधार विकास मन्त्री : थापा

सुर्खेत।

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका नेकपा एमाले माधव नेपाल समूहका नेता अम्मरबहादुर थापाले कर्णालीको विकासको अवरोध भनेकै यामलाल कँडेल भनेर टिप्पणी गरेका छन् । यामलाल कँडेलकै कारण तत्कालीन नेकपाको राजनीति सङ्कटमा परेको भन्दै यस्तो टिप्पणी गरेका हुन् । मंगलबार एमाले जिल्ला कमिटी सुर्खेतको पूर्ण बैठकमा उनले भने, ‘यामलाल कँडेलकै आपराधिक चरित्रका कारण हामीले ‘फ्लोर क्रस’ गरेको हौँ।’

माधव नेपाल ज्युको ‘गो अहेड’ भनेर फोन गर्नुभयो । उहाँको निर्देशनलाई पालना गरिएको हो ,’उनले भने ,‘ कँडेलले बैठकमा हामीलाई महेन्द्रबहादुर शाहीलाई भोट दिएको खण्डमा हात काटिन्छ भनेर थर्काउनुभयो। हामीले हाल्यौँ त, कसैको तागत छ हात खुट्टा भाँच्ने ?’

उनले आक्रोशित हुँदै भने,’ आपराधिक चरित्र भएकालाई मैले समर्थन गर्ने ? अहँ हुनै सक्दैन । अब, कर्णालीमा ओली समूहलाई धुलो चटाउँछौँ। हुन त मेरो कार्यकाल धेरै लामो छैन,’थापाले भने,‘ आफ्नो समयावधिसम्म प्रतिफल आउने गरी काम गर्छु। शनिबार पनि जनताका बीचमा गएर जनताका भावना बुझ्ने प्रयास गरिरहेको छु।’