Loading... आजः १५ असार २०८३, सोमबार । Monday 29th June 2026
ताजा खबर
  

मानसरोवर कैलाश दर्शनका लागि सद्गुरु हुम्लामा

हुम्ला ।

मानसरोवर कैलाशको दर्शनका लागि लोकप्रिय सद्गुरु हुम्लाको सदरमुकाम सिमकोट आइपुग्नुभएको छ । उहाँ नेपाली भूमि लाप्चा क्षेत्रबाट पैदल मार्गबाट दर्शन गर्न हुम्ला आइपुग्नुभएको हो ।

मानसरोवर कैलाश दर्शनका लागि सद्गुरु हुम्लामा

खराब मौसमको कारण हेलिकोप्टरले उडान भर्न नसक्दा एकदिन ढिलो गरी सद्गुरु हुम्ला आइपुग्नुभएको हो । उहासँग अरू दुई जना सहयोगीहरू पनि आउनुभएको छ । सिमकोट विमानस्थलमा ओर्लिएपछि उहाँले भन्नुभयो, ‘सिमकोट निक्कै सुन्दर ठाउँ रहेछ ।’

विमानस्थलबाट सद्गुरुलाई मोटरसाइकलको व्यवस्था गरिएको भए पनि उहाँ आफैँले पैदल मार्गबाट बास बस्ने स्थान सिमसार क्षेत्रको खेल मैदानसम्म हिँडेर जानुभएको थियो । बुधबार गुरु सिमकोटमै बस्नुभएको छ । आज बिहानदेखि उहाँको लाप्चातर्फको पैदल यात्रा सुरु हुनेछ ।