Loading... आजः ८ आश्विन २०८३, बिहीबार । Thursday 24th September 2026

ओली, प्रचण्ड र माधवको अक्षमताले मुलुक दक्षिणपन्थीको हातमा पुग्याे : बुढाथोकी

हुम्ला |

माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशील’  कम्युस्टहरू एकजुट हुनुपर्ने बताएका छन् ।

सिमिकाेटमा आयाेजित चियापानमा बुढाथोकीले दुई तिहाई प्राप्त कम्युनिस्ट सरकार केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको अदूरदर्शी, असक्षमता र व्यक्तिगत स्वार्थकै कारण देश दक्षिणपन्थीको हातमा पुगेको टिप्पणी गरे  ।

बुढाथोकीले ‘वैज्ञानिक समाजवाद स्थापनाकाे दिशामा अघि बढौँ’ भन्ने नाराका सातवटै प्रदेशमा समाजवादी जनजागरण अभियान सञ्चालनसमेत गरिरहेको बताए ।वाम गठबन्धन फुटेर एमाले, माओवादी केन्द्र भए पनि दोस्रो तहका नेतालाई जिम्मेवारी दिएर नेपालमा कम्युनिस्ट पार्टी एक हुनुपर्ने उनको जोड थियो ।