Loading... आजः ७ माघ २०८१, सोमबार । Monday 20th January 2025

आँखा तथा कानका विरामी खोज्दै नेत्रज्योति संघ

सुर्खेत ।
सुर्खेतको गुर्भाकोट नगरपालिकामा नेपाल नेत्रज्योति संघले आँखा तथा कानका विरामीहरुको खोजिगरेको छ । यही भदौ ५ गतेदेखि १२ गतेसम्म घरदैलो कार्यक्रम गर्दै संघले आँखा तथा कानका विरामीहरुको खोजि गरेको हो ।

नेपाल नेत्रज्योती संघद्वारा संचालित एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमले गुभाकोट नगरपालिकामा आँखा तथा कानका विरामीहरुको पचिान गर्ने क्रममा उक्त विरामीहरुको खोजिरहेको संस्थाले जनाएको छ ।

दृष्टि तथा श्रवण क्षमतामा समस्या भएका नागरिकहरुको उपचारमा सहयोग गरेर उनीहरुको जीवनयापनमा सुधार ल्याउने उद्देश्यले संघको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम अन्तर्गत गुभाकोटमा उक्त कार्यक्रम संचालन गरिएको हो ।

गुर्भाकोट नगरपालिकामा घरदैलो गर्ने क्रममा १ सय १२ जना यस्ता विरामीहरु भेटिएका छन् ।

जसमध्य महिला ६७ जना रहेको छन् भने पुरुषको संख्या २२ जना रहेको छ । १८ बर्ष भन्दा तलका केटाको संख्या ३ रहेको छ भने केटीको संख्या १५ रहेको छ । ५ वर्ष उमेर समूहभन्दा तलका केटाको संख्या ३ र केटीको संख्या २ रहेको सामुदायिक संयोजक सलिना बस्नेतले जानकारी दिनुभयो ।

जस मध्य शारिरीक अपाङ्ता भएका महिला ३ केटी १ र षुरुषको संख्या १ रहेको छ ।