लेनदेन मुद्दामा एक पक्राउ
सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले लेनदेन मुद्दामा एक महिलालाई पक्राउ गरेको जनाएको छ । वीरेन्द्रनगर नगरपालिका १० बस्ने दिलकुमारी सुनारलाई लेनदेन मुद्दामा पक्राउ गरिएको प्रहरीको भनाई छ ।
सुर्खेत जिल्ला अदालतले ११ महिना ११ दिन कैद भुक्तानका लागि गरेको फैसला बमोजिम यही भदौ १८ गते उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ गरेकी सुनारलाई जिल्ला अदालत सुर्खेतमा पेश गरिएको छ ।






