Loading... आजः २२ आश्विन २०८३, बिहीबार । Thursday 8th October 2026

कविता –दलनहरु उठ

पृथ्वीबहादुर सिंह

प्राचीन त्यो समयमा
मानव उत्पत्तिको बेला
सबै मानवहरु समान थिए
जनरक्षा गर्ने राजा हुन्थे
ज्ञानी सबै पण्डित हुन्थे
मेरो सुन्दर संसार सजाउन
मानववस्ती बसाउन
श्रम विभाजन गरिएको
शोषित शोषक थिएनन् ।
कति साम्य थियो मेरो समाज
समाजलाई निर्देशन गर्न
विदुषिहरुले नीति निर्माण गरे
त्यही नीतिलाई सत्य मानियो
सत्य नै धर्म भनियो ।
त्यही नीति धर्ममा टेकेर
जन रक्षा गर्न गएको रखवाले
मुखिया निरंकुश सामन्त बन्यो
पण्डित पाठ गर्न गएकाले
धार्मिक जातीय गुरु बन्यो
दुबै मिलेर सिन्धु घाँटीमा
जातजाती उँच नीच धर्म बनाए
मानव जाती विभाजन गरे
समाजकी मुली महिला
सरस्वती, भगवती, लक्ष्मीलाई
पुरुष पराधिन बनाए
बुर्का पर्दाभित्र लुकाए ।
रङ्गभेदको घोडा चढ्नेहरुले
गोराले काला मनुलाई
श्रमशोषण गर्न दास बनाए
जग्गा जमिन सम्पत्ति जफत गरे
हरेक क्षेत्रमा सर्बहारा बनाए
श्रमशोषणका आख्यानहरु
धर्मका ठेलीहरुमा
उडन्तेबुडन्ते कथाहरु थपे
राजनीति धर्मनीति मिलाएर
स्थायी राजसंस्था
स्थायी पुरोहित हुने
धार्मिक कानुन बनाए ।
युगौयुग दलन दास बनाए
दास दलन बनाएकाहरु
धर्मभित्र राजनीति थपिएका
शोषणका शब्दजालका ठेलीहरु
एक एक गरी जलाउन उठ
समानताको राज ल्याउन
एकजुट भएर दलनहरु उठ ।
२०७८।५।२० वी.न.पा. १० दीपनगर सुर्खेत