Loading... आजः २० असार २०८३, शनिबार । Saturday 4th July 2026
ताजा खबर
  

मंगलबारसम्मका लागि संसद बैठक स्थगित 

काठमाडौं |

प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको लगातार अवरोधले प्रतिनिधिसभाको बैठक प्रभावित हुँदै आएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठक पनि एमाले सांसदहरूको नाराबाजीका कारण आउँदो मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

आइतबार पहिलोपटक बसेको बैठकमा एमाले सांसदहरुको नाराबाजी भएपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो । दोस्रोपटक बसेको बैठकमा पनि एमाले सांसदहरूको नाराबाजी कायम रहेपछि सभामुख अग्निप्रसाद सापकोटाले आउँदो मंगलबारसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।

आइतबारको दुवै बैठकमा सभामुख सापकोटाले संवादमार्फत समस्या समाधानमा आउन एमाले सांसदहरूलाई आग्रह गरे । तर,उनीहरुले बेवास्ता गर्दै नाराबाजी गरे । समन्वय, समझदारी र सहकार्य पुग्नुपर्ने अन्तिम विन्दु रहेको भन्दै सभामुख सापकोटाले न्यूनतम साझा समझादारी कायम गरेर अघि बढ्ने बारम्बार अनुरोध गरे ।

तर, सभामुखको आग्रहलाई वास्ता नगरी एमाले सांसदहरूको संसद बैठकमा नाराबाजी भइरह्यो । यसपछि बैठक स्थगित गरिएको हो । यसअघि बुधबार र बिहीबारको बैठक पनि एमाले सांसदहरुको नाराबाजीले प्रभावित भएको थियो । न्युज कारखाना