राप्रपा सुर्खेतको अध्यक्षमा पुरी
सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतको अध्यक्षमा कविराम पुरी सर्वसम्मत चयन हुनुभएको छ । राप्रपाको एकता पछि भएको अधिवेशनबाट पुरी सर्वसम्मत चयन हुनु भएको हो । यस अघि सुर्खेतको अध्यक्षमा मानबहादुर खड्का हुनुहुन्थ्यो ।

पुरी सुर्खेती राजनीतिमा एक इमान्दार र कर्तव्यनिष्ट राजनीतिज्ञको रुपमा परिचित हुनुहुन्छ । प्रदेशको आन्दोलनको समयमा समेत पुरीले आन्दोलनमा विशेष योगदान दिनुभएको थियो ।
पछिल्लो समय राजनीतिक दलहरुले जनताको जनचाहानालाई पूरा गर्न नसकेका कारण वैकल्पिक शक्तिको रुपमा पार्टीलाई विस्तार गर्ने योजना साथ लागिरहेको राप्रपाले राजा सहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको पक्ष्मा वकालत गर्दै आइरहेको छ ।
तीन राप्रपाको एकिकरण भएपश्चात राप्रपाले एकता महाधिवेशन गरिरहेको छ । जिल्लाका अधिवेशनहरु सकिएपछि राप्रपाले केन्द्रमा पनि एकता महाधिवेशन गर्नेछ ।






