Loading... आजः १९ आश्विन २०८३, सोमबार । Monday 5th October 2026

वीरेन्द्रनगरकाे १ नं. वडा कार्यालयमा आगजनी

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका १ नं. वडा कार्यालयमा एक जना व्यक्तीले आगजनी गरेका छन् । सोही वडाका वास्ताम लामिछानेले आज विहान करिब साढे दश बजे वडा कार्यालयमा आगजनी गरेका हुन् । आगजनीबाट वडाध्यक्षको कार्यकक्षमा पूर्ण क्षति पुगेको छ । अध्यक्ष वस्ने कुर्सी, सोफा, दराज त्यहाँ रहेका कागजात जलेर नष्ट भएको छ ।
उनले फोनबाट वडाध्यक्ष सुनारलाई मार्ने र वडा कार्यालय जलाइदिने धम्कि दिएका थिए । ‘मलाई सवा दश बजेतिर अफिसको नम्बरबाट ती व्यक्तिले फोन गरेर दश बजे अफिस किन नआएको भन्दै तेरो घाँटी काटिदिन्छु भनेका थिए’ वडाध्यक्ष सुनारले भने,‘म काम विशेषले गोष्टिमा होलटमा भएकाले कार्यवहाक दिएको छु उहाँसंग काम गर्नुस यदि म नै चाहिने हो भने दिउसो तिर अफिस आउछु भनेको थिएँ एक छिन पछि अफिसमा आगजनी भयो भनेर कर्मचारीहरुले फोन गर्नुभयो ।’
घटनास्थलमा नगरपालिकाका प्रमुख देव कुमार सुवेदीले पुगेर निरीक्षण गर्नुभएको छ । उहाँले सरकारी सम्पतीमाथि क्षति पु¥याउने कसैलाई पनि कानुनले नछोड्ने बताउनुभयो । अहिले वडा कार्यालयमा प्रहरीले मुचुल्का गर्दैछ । घटना स्थलमा प्रहरी टाेली पुगेर अनुसन्धान भैरहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले बताउनुभएकाे छ ।