कर्णालीका बिक्रम शिशिर अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत
सुर्खेत ।
संसारभरका १५ देशका १६० प्रतियोगी कलाकारहरुलाई उछन्दै कर्णालीका बिक्रम शिशिरले ५ जना अन्तर्राष्ट्रिय निर्णायकहरुको मन जित्दै विश्व प्रख्यात कलाकार अटनुर डुगन अन्तर्राष्ट्रिय पुरस्कार जित्नु भएको छ ।

‘कलाकारका लागि कलाकार’, अन्तर्राष्ट्रिय खुल्ला अनलाईन चित्रकला प्रतियोगिता तथा प्रर्दशनी २०२१ शुरू भएको छ । नगेन न्यूज पब्लिकेसन प्रालिले आयोजना गरेको उक्त कार्यक्रमको डिजिटल उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री श्री मणिभन्द्र शर्माले कलाकारहरुका लागि गरिएको यो नविनतम प्रयास लोभलाग्दो भएको बताउँदै मौलिक तथा प्रविधिको सदुपयोग साथै यसको सिको गरेर अन्य प्रदेश र स्थानीय कलाकारहरुले पनि अभियान चलाउन प्रेरित गर्नुभएको थियो ।
बिभिन्न माध्यमबाट बनाईएका कलाकृतिहरू र कलाकारहरुबाट कर्णालीका कलाकार बिक्रम चन्द शिशिर पनि अन्तर्राष्ट्रिय पुरस्कारवाट पुरस्कृत हुन सफल हुनुभएको छ । भेरीगंगा नगरपालिका वार्ड नं ५ गेरूवानी सुर्खेत, कर्णाली स्थायी निवासी विक्रम शिशिर बिगत लामो समयदेखि कलाकारितालाई कर्म थलो बनाएपनि विश्व प्रसिद्ध कलाकार अटनुर डुगन अन्तर्राष्ट्रिय पुरस्कार पहिलो पटक प्राप्त भएकोमा निकै हर्षित हुँदै भन्नुभुहन्छ, ‘यो अन्तरराष्ट्रिय पुरस्कारले मलाई अझ कलाकारिता क्षेत्रमा लाग्न जिम्मेवार वोध गराएको छ ।’

नगेन आर्ट डटकमले आयोजना गरेको अन्तर्राष्ट्रिय चित्रकला प्रतियोगिता तथा प्रदर्शनीमा १५ देशका १६० प्रतियोगी २ जना अप्रतियोगी र ५ जना निर्णायकहरुको सहित १६७ कलाकारहरुको बिभिन्न माध्यमबाट बनाईएका कलाकृतिहरू समावेश भए थिए । नं प्रायोजन नं समर्थक नं प्रबन्धक मात्र कलाकारको लागि कलाकार भन्ने मुल नाराका साथ कला र कलाकारको समृद्धि विकास र हरेक साल नाम दाम र सम्मान हरेक कलाकारले पाउन भन्ने उद्देश्यले स्थापना गरिएको नगेन न्यूज पब्लिकेसनका अध्यक्ष श्री ज्योति हमालले जानकारी दिनुभयो ।
सो अवसरमा प्राज्ञ नगेन सिंह ठकुरीले सामाजिक सञ्जाल अन्तर्राष्ट्रिय पुरस्कार प्रदर्शनी समाप्ति पछि गर्ने र १४ वटा सोसल मिडिया मार्फत प्रदर्शनीको सम्प्रेषण गरिने जानकारी दिनुभयो । प्रतियोगिहरु मध्य नेपालका शिशिरसहित १२ जना कलाकार पुरस्कृत हुनुभएको छ । सेल्सो डुवाजो पेपिटो, फिलिपिन्स, अरनिको अन्तर्राष्ट्रिय पुरस्कार, राजेन्द्र कुवर, नेपाल, लियो नार्दो दा भीन्ची अन्तर्राष्ट्रिय पुरस्कार, हसन बबर, पाकिस्तान, पाब्लो पिकासो अन्तराष्ट्रिय पुरस्कार, म्याक्सिन सिन् सिएन, मलेसिया, ज्याक्सन पोलक अन्तराष्ट्रिय पुरस्कार, निगर साईदा तास्निन्, बंगलादेश,भीन्सेन्ट भ्यान्गग्, अन्तर्राष्ट्रिय पुरस्कार, गोपि श्रेष्ठ, नेपाल, पैल गगुन अन्तर्राष्ट्रिय पुरस्कार, अन् निकोडिमो, इटाली, जेम्स डब्लु टर्नर अन्तर्राष्ट्रिय पुरस्कार, रवि अली खान, पाकिस्तान,पैकल एन्जलो अन्तर्राष्ट्रिय पुरस्कार, राजकुमार पाउल, बंगलादेश,एम एफ हुसैन अन्तर्राष्ट्रिय पुरस्कार, गहेन्द्रमान अमात्य, नेपाल,साडेक क्यूईन् अन्तर्राष्ट्रिय पुरस्कार, बिक्रम चन्द शिशिर, नेपाल, अटनुर डुगन अन्तर्राष्ट्रिय पुरस्कार, बुद्धि थापा, भारत, सिल्पाचार्य जैनुल आवेदिन अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको छ । कलाकारका लागि कलाकार, अन्तर्राष्ट्रिय खुल्ला अनलाईन चित्रकला प्रतियोगिताको निर्णायक मंडलमा प्रोफेसर डाक्टर सुमेरा जावेद, पाकिस्तान, बरिष्ठ कलाकार डाबुल छालिहा, भारत, बिश्व कलायात्री प्राज्ञ नगेन सिंह ठकुरी, नेपाल, प्रोफेसर देवान मिजान बंगलादेश र ललितकला बिभाग त्रि वि ज्योति प्रकाश बिके, नेपालबाट हुन्नुहुन्यो ।
यो प्रदर्शनी www.nagenart.com मा हेर्न सकिन्छ ।






