Loading... आजः १७ मंसिर २०७८, शुक्रबार । Friday 3rd December 2021

कोजाग्रत पूर्णिमामा सार्वजनिक विदा हुने

सुर्खेत ।
कर्णाली प्रदेशमा यहीँ कार्तिक ३ गते बुधबार कोजाग्रत पूर्णिमाका दिन सार्वजनिक विदा हुने भएको छ । असोज शुक्ल पूर्णिमाको अवसरमा कर्णाली प्रदेश सरकारले प्रदेशभर लागु हुनेगरी सार्वजनिक विदा दिने निर्णय गरेको हो । असोज शक्ल पूर्णिमा दशैँको अन्तिम दिन अर्थात् कोजग्रत पूर्णिमा पनि हो ।

प्रदेशमा रहेको सबै सरकारी कार्यालय, सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैँक तथा वित्तिय संस्थाहरुमा सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति मार्फत जनाएको छ ।