कर्णालीमा बगेकोलाई प्रहरीद्वारा उद्दार
सुर्खेत ।
सुर्खेतको पञ्चपुरी नगरपालिका ११ ताउले बस्ने गंगाप्रसाद जैसीलाई कर्णाली नदीले बगाएकोमा प्रहरी उद्दार गरेको छ । कुईनेबाट कैलाली जोड्ने कनक कम्पनि प्रा.लि. द्धारा पक्की पुल निर्माणधिनको चौकीदारको रुपमा काम काज गर्दै आएका जैसी कर्णालीले पुलको सामग्री बगाउना थालेपछि सामग्री बचाउने क्रममा नदीले बगाएको थियो ।
अस्थायी प्रहरी पोष्ट तातापानीले मान्छे बगेको जानकारी पाएपश्चात ६ जनाको प्रहरी टोलीले उनको उद्दार गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार जैसीलाई उपचारको लागि बाबियाचौर पठाइएको छ भने बाहिर खासै चोट नदेखिएको बोल्न सक्ने अवस्थामा रहेका छन् ।






