गजलमा ठूलो नगद राशीको पुरस्कार बाबुलाई, २४ जनालाई एउटै मञ्चमा सम्मान गरिने
सुर्खेत ।
नेपाली गजलको क्षेत्रमा सम्भवतः ठूलो नगद राशीको पुरस्कार बाबु त्रिपाठीलाई प्रदान गर्न लागिएको छ । ’हाम्रो अभियान, सल्यान कला साहित्यको उत्थान’ भन्ने नाराका साथ कला र साहित्यका क्षेत्रमा अघि बढिरहेको सल्यान कला साहित्य परिषद् सल्यानले नगद ५६,६,५६ (छपन्न हजार छ सय छपन्न रुपैयाँ) को सल्यान गजल पुरस्कार गजलकार बाबु त्रिपाठीलाई प्रदान गर्न लागिएको जनाएको छ ।

संस्थाका संस्थापक लोकेश जलनले दिएको जानकारी अनुसार सल्यान कला साहित्य परिषद्को चौथो वार्षिकोत्सबको अवसरमा साहित्यकार सहित विभित्र क्षेत्रमा योगदान पु¥याउने विभित्र क्षेत्रका आदरणीय व्यक्तिहरुलाई सम्मान समेत गरिने छ ।
यसैगरी वार्षिकोत्सवको अवसरमा रोमु अधिकारी, खगेन्द्र अधिकारी ‘अमृत’, सुनिल अधिकारी, पुर्ण समिर महतारा, अम्बिका कार्की, निरन्जना चन्द ’निरु’ लाई सम्मान गर्ने कार्यक्रम रहेको जलनले बताउनु भयो ।
संस्थाले सल्यान तेस्रो गजल महफिल शृङ्खलासम्मका वाचकहरुलाई पनि सम्मान गर्ने भएको छ । जसमा गजलकार पुष्प अधिकारी ’अञ्जली’ (सल्यान पहिलो गजल महफिल वाचक ), गजलकार कृष्ण बिरही (सल्यान दोस्रो गजल महफिल वाचक) र गजलकार हुकुम धड्कन (सल्यान तेस्रो गजल महफिल वाचक) रहनु भएको छ ।
नेपाली भाषा, कला र साहित्यलाई विभिन्न सञ्चार माध्यममा स्थान दिएर त्यसको विकास र विस्तारमा लाग्नुहुने पत्रकारहरुलाई पनि सम्मान गर्ने संस्थाले जनाएको छ । जसमा रमेश गौतम, प्रतीक इच्छुक शर्मा, नविन पौडेल, डिल्लीराज रावत, गोविन्द शर्मा, योगराज विश्वकर्मा, मिना बुढाथोकी, खगेन्द्र के सी, सरिता चलाउने र एच.पि मगर रहनु भएको छ भने खेलाडिहरुपनि सम्मानीत हुने कार्यक्रम रहेको छ । जसमा मुना श्रेष्ठ र सबिन हमाल रहनु भएको छ भने समाजसेवीको रुपमा धुर्बराज ओलीलाई सम्मानीत गर्न लागिएको छ ।
विश्वमा फैलिएको कोरोना महामारीको समयमा नागरिकहरुको स्वास्थ्यलाई बचाउनका लागि विशेष योगदान दिनुहुने स्वास्थ्यकर्मीमा डा.देवेन्द्र आचार्य र भिम रोकालाई समेत सम्मानीत गरिने संस्थापक जलनले बताउनु भयो । कार्यक्रम यही मंसिर १२ गते सल्यानको खलंगामा हुने संस्थाका अध्यक्ष भरत रोकायले बताउनु भयो ।






