Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

किटनाशकको प्रयोग र सुरक्षित तरिका बारे तालिम सम्पन्न

सुर्खेत ।
पछिल्ला वर्षहरुमा निक्कै बढ्दै गइरहेको किटनाशकको प्रयोग र सुरक्षितता बारेमा सरोकारवालाहरुलाई तालिम दिइएको छ । आइडीइ नेपाल÷फिड द फ्यूचर नेपाल आइपिएम कार्यक्रम अन्तर्गत सरोकारवालाहरुलाई तालिम दिइएको हो ।

No description available.

तालिममा किटनाशक विषादीको प्रयोग कसरी गर्ने त्यसको व्यवस्थापन कसरी गर्ने, त्यसबाट मानव जीवनमा हुने फाइदा तथा नोक्सानहरुका बारेमा जानकारी गराइएको थियो । भर्जिनिया टेक विश्वाविद्यालयका किट विज्ञ प्रा. टिम म्याक्वोईले भन्नुभयो, ‘विषादीको अवशेषले मानव जीवन र वातावरणमा समेत हानी पु¥याउने भएकोले त्यसको प्रयोग गर्दा निकै ध्यान दिन आवश्यक छ ।’ विषादीको प्रयोग पछि कृषिजन्य वस्तुहरुको उपयोग गर्ने तरिका र विषादीको कम गर्नका लागि अपनाउनु पर्ने तरिकाका बारेमा जानकारी दिनुभएको थियो ।

किटनाशकको प्रयोग पछि बचेको विषादीलाई व्यवस्थापन र एग्रोभेटहरुले समेत त्यसको भण्डारणमा ध्यान दिनुपर्ने विषयमा छलफल भएको थियो । यसैगरी किटनाशकको प्रयोगकर्ताले कसरी सुरक्षित तरिका अपनाउन सकिन्छ भन्नेमा प्रयोगात्मक सिकाई दिइएको थियो ।
किटनाशक विषादी प्रयोग भएका खाद्य पदार्थले तत्काल भन्दापनि दीर्घकालिन रुपमा मानव स्वास्थ्यमा असर गर्नुका साथै वातावरणमा समेत असर गर्ने भएकाले यसको प्रयोगलाई घटाउँदै जैलान आवश्यक छ ।

तालिममा भर्जिनिया टेक विश्वाविद्यालयबाट आएका किट विज्ञ प्रा. टिम म्याक्वोई र डानियल समरले सहजिकरण गर्नुभएको थियो । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको तालिममा सुर्खेतमा रहेका कृषि प्राविधिक, एग्रोभेट संचालकहरु, गाउँ तथा नगरपालिकाका कृषि प्राविधिकहरु, अगुवा कृषकहरु, अनुसन्धान केन्द्रका कर्मचारी तथा सरोकारवाला संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको आयोजक संस्थाका फिल्ड कार्यक्रम संयोजक कल्पना धितालले जानकारी दिनु भयो । यो तालिमले कर्णाली प्रदेश सरकारले ल्याएको अर्गानिक कर्णाली निर्माण कार्यमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।