Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

विभिन्न स्थानमा सवारी दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौं ।

दाङ राप्ती गाउँपालिका–८ पिपरीस्थित सडकमा रा.२ प ४६५९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार प्युठान गहुमुखी गाउँपालिका–९ बस्ने २५ वर्षीय कृष्ण केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २ जनाको उपचार भइरहेको छ ।

नवलपरासी (पूर्व), मध्यविन्दु नगरपालिका–७ चोरमारास्थित सडकमा गण्डकी प्रदेश ०४ ००१ प २७४८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई रुखमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २९ वर्षीय नेत्र बहादुर मिथुन मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।

झापा, अर्जुनधारा नगरपालिका–११ सालबारीस्थित सडकमा प्रदेश १–०१–०१२ प ४३७४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई कल्बर्टमा ठोक्किएर खोलामा खसेर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–११ बस्ने १८ वर्षीय कुसल दासको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको बेहोस अवस्थामा उद्धार गरी उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

रौतहट, चन्द्रपुर नगरपालिका–३ प्रणामी टोलस्थित सडकमा ना.४ त ३९३५ नम्बरको ट्याक्टरका चालक चन्द्रपुर नगरपालिका–३ पुरानो टोल बस्ने ३५ वर्षीय रतन बहादुर मोक्तानको सोही ट्याक्टरबाट लडेर चक्काले किच्दा शनिबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको एपोलो सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कपिलवस्तु, बाणगंगा नगरपालिका–८ मधुवनस्थित सडकमा लु. ५२ प ६२४५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८५ वर्षीय रुद्र प्रसाद पौडेलको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका–३ वडा कार्यालय नजिक सडकमा म.२ प ७६३० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने १८ वर्षीय पुष्प गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको निर्सग अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका २ जनाको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ ।

दाङ, घोराही उपमहानगरपालिका–१० सौडीकुलास्थित सडकमा रा.४ प ७८५५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएर शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–३ बर्गदी बस्ने ४३ वर्षीय खिशिराम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुँदै मेडिकल कलेज कोहलपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

मोरङ, सुन्दरहरैचा नगरपालिका–४ दुलारीस्थित सडकमा बिआर ५० जिए ०३०६ नम्बरको भारतीय लहरीले को.३६ प २१७२ नम्बरको स्कुटरलाई शनिबार साँझ ठक्कर दिई दुर्घटना हुँदा स्कुटर चालक सुन्दरहरैचा नगरपालिका–४ बस्ने ४५ वर्षीय श्याम लिङ्खाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको ईटहरी सामुदायिक अस्पताल हुँदै थप उपचारको लागि धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । लहरी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।