Loading... आजः २५ आश्विन २०८३, आईतवार । Sunday 11th October 2026

सुर्खेत विमानस्थल २५ दिन बन्द हुने

सुर्खेत ।

सुर्खेत विमानस्थल बन्द हुने भएको छ । नागरिक उड्डयन कार्यालय सुर्खेतका अनुसार धावनमार्ग ओभर–ले गर्नुपर्ने भएकाले मंसिर १० गतेदेखि पुस ५ गतेसम्म विमानस्थल बन्द हुने भएको हो ।

उक्त अवधिभर नियमित उडान बन्द हुने प्राधिकरणका इन्जिनियरले जानकारी दिए । ‘यो २५ दिनभित्र सक्ने हाम्रो योजना छ,’ उनले भने, ‘यो नियमित प्रक्रिया नै हो, विमानस्थल नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले नै अहिले यो काम गर्न लागिएको हो ।’

सुर्खेत विमानस्थलको उडान बन्द हुने भएपछि वायुसेवा कम्पनीहरुले विकल्पमा नेपालगन्ज विमानस्थलमा दैनिक थप गर्ने जनाएका छन् । बुद्ध एयरले सुर्खेत विमानस्थल बन्द हुने भएपछि नेपालगन्जमा एउटा उडान थप्ते गरी ६ वटा उडान गर्ने जनाएको छ ।