Loading... आजः १४ बैशाख २०८१, शुक्रबार । Friday 26th April 2024

बागिनाको आयोजनामा नारायणगोपाल साँझ हुने

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा स्वरसम्राट नारायणगोपाल साँझ हुने भएको छ । बागिना समूह सुर्खेतको आयोजनामा नारायणगोपाल साँझ हुन लागेको वागिनाले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । यही मंसिर १९ गते साँझ ५ बजे बागिनाको आफ्नै प्राङ्गणमा उक्त साँझको आयोजना गरिएको छ ।

No description available.

स्वरसम्राट नारायणगोपालको देहान्त भएको दिनको अवसर पारेर यही मंसिर १९ गते नारायणगोपाल साँझ गर्न लागिएको कार्यक्रम संयोजक प्रेमप्रकाश खड्काले जानकारी दिए । राजधानी रहेका संस्थाहरुले नारायणगोपाललाई कत्तिको सम्झन्छन् र सम्मान गर्छन भन्दा पनि सरकारले उनको सम्झनामा गर्नुपर्ने कार्य गर्न नसकेका कारण सरकारलाई दबाब होस् भन्ने योजनाका साथ पनि यो कार्यक्रमको आयोजना गरेका हौं संयोजक खड्काले भने । कार्यक्रममा वागिनाका र स्थानीय कलाकारहरुले नारायणगोपालका गीतहरु गाउने छन् भने भ्याली म्यारेडियनका छात्रछात्राहरुको नृत्य समेत प्रस्तुत हुने आयोजकले जनाइएको छ । राधा तोलामी, शिव संगीत, कविराज गिरीलगायतका कलाकारहरुले नारायणगोपालका गीतहरु आउनेछन् संयोजक खड्काले बताए ।

भ्याली म्यारेडियनका कार्यक्रम निर्देशक सुभाष थापाले भने, ‘हामीले हाम्रो विद्यालयमा ‘सिक र गर’ को नीति लिएका छौ । भविष्यमा हाम्रा विद्यार्थीहरुलाई पनि गति संगीतका क्षेत्रमा लाग्ने रुचि हुनसक्छ त्यत्ति बेला बागिनाको सहयोग आवश्यक पर्नसक्छ भने आज हामीले बागिनालाई किन सहयोग नगर्ने ?’ विद्यालयमा पनि संगीतको आवश्यकता छ । आजका विद्यार्थी भोली गीत संगीतको क्षेत्रमा ठूलै योगदान दिनसक्ने बन्न सक्छन् जसका लागि विद्यालयले वातावरणको सिर्जना गर्नसक्नुपर्छ निर्देशक थापाको भनाई थियो ।

कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुखदेखि मुख्यमन्त्री, मन्त्रीहरु, सांसदहरुलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने आयोजकले विश्वास लिएको बागिनाका सचिव भानुभक्त अधिकारीले बताए ।

भ्याली म्यारेडियन विद्यालयले १ लाख प्रयोजन गरेको भएपनि कार्यक्रममा करिब ३ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । विगतका वर्षहरुमा पनि नारायणगोपाल साँझ हुँदै आएको गतवर्ष कोरोना भाइरसको महामारीका कारण उक्त कार्यक्रम हुन सकेको थिएन ।