Loading... आजः ३ बैशाख २०८१, सोमबार । Monday 15th April 2024

खाेप कार्यक्रम सञ्चालन

सुर्खेत|

वीरेन्द्रनगर नगरपालिकाकाे अायाेजना र अनेरास्ववियू (क्रान्तिकारी) सुर्खेत बहुमुखी क्याम्पस कमिटीको पहल तथा समन्वयमा काेभिड-१९ विरुद्धको दुबै मात्राकाे खाेप लगाइएको छ | काेभिड-१९ काे नयाँ भेरियन्ट `अाेमिक्राेन´ विश्वभर फैलिरहेकाे यस सङ्क्रमणकालिन समयमा वीरेन्द्रनगर नगरपालिकाकाे अायाेजना र अखिल क्रान्तिकारी अनेरास्ववियू सुर्खेत बहुमुखी क्याम्पस कमिटीकाे पहल तथा समन्वयमा काेभिड-१९ विरुद्धको पहिलो र दाेस्राे दुबै मात्राकाे खाेप कार्यक्रम २०७८ मंसिर १७ गते बिहान ११ : ०० बजेदेखि ३ : ०० बजेसम्म सुर्खेत बहुमुखी क्याम्पसकाे नेपाल भारत मैत्री भवनमा सञ्चालन गरिएकाे थियोे ।

उक्त खाेप कार्यक्रममा साेही क्याम्पसका प्राध्यापक, कर्मचारी, बिद्यार्थी लगायत छुटेका अन्य व्यक्तिहरूलाई समेत खाेप लगाइएको हाे । जसमा पहिलो मात्राकाे २९१ र दाेस्राे मात्राकाे ११७ गरी जम्मा : ४०८ खाेप लगाइएको हाे ।

खाेप कार्यक्रमकाे पहलकदमी तथा व्यवस्थापन अखिल (क्रान्तिकारी) सुर्खेत बहुमुखी क्याम्पस कमिटी अध्यक्ष हिक्मत शाहीकाे नेतृत्व र सहभागीतामा अन्य सदस्यहरुले समेत गरेका हुन्। खाेप कार्यक्रम सकिए लगत्तै कमिटीका सम्पूर्ण पदाधिकारीले फाेहाेर व्यवस्थापन तथा सरसफाइ गरी शिक्षित व्यक्तिको परिचय दर्शाएका छन् ।