विपन्नलाई न्यानो ज्याकेट वितरण
सुर्खेत ।
तुलसी सेवा फाउण्डेशन,वीरेन्द्रनगर–१,सुर्खेतद्वारा बिपन्न बालबालिकाहरूलाई एक कार्यक्रमका बिच न्यानो ज्याकेट वितरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगर पालिका वडा नम्बर–१ का वडा अध्यक्ष गंगाराम सुनारले पुस–माघको कठांग्रिने जाडोमा विपन्न बालबालिकाहरूलाई न्यानो ज्याकेट वितरण गरेर तुलसी सेवा फाउण्डेशनले प्रसंसनिय काम गरेको बताए । यस्ता कामहरूमा आगामी दिनमा वडा कार्यालयको पनि साथ र सहयोग रहने उनको भनाई थियो ।
शिक्षक, विद्यार्थी, अभिभावक, विव्यस लगायतको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा ४२ जना बालबालिकाहरूलाई टोपी सहितको न्यानो ज्याकेट वितरण गरियो र उक्त ज्याकेटहरू खरिद गर्नका लागि अमेरिकाको भर्जिनियाको फल्ज चर्च स्थित नमस्ते मार्केटका मालिक बिनोद गुप्ता र अनुराधा गुप्ताबाट २२ हजार ५०० र विनपा–१ बस्ने रगवीर विश्वकर्माबाट रू.१० हजार अमेरिकाको भर्जिनिया बस्ने निश्ता विश्वकर्माबाट ५ हजार विनपा–६ तल्लोबजारमा रहेको संगम ज्वैलर्सका प्रो.ज्ञानेन्द्र विश्वकर्माबाट ५ हजार विनपा–६ बस्ने श्यामसुन्दर अग्रवालबाट ५ हजार विनपा–६ बस्ने पूरुषोत्तम विश्वकर्माबाट २ हजार विनपा–६ गोदामलाइनमा रहेको प्रिति ट्रेडर्सका प्रो.धनबहादुर चुनाराबाट २ हजार विनपा–६ विरेन्द्रचोकमा रहेको न्यु संगम ज्वैसर्सका प्रो.मनिस विश्वकर्माबाट २ हजार सहयोग भएको थियो ।

सुर्खेतको वीरेन्द्रनगर–१ मा रहेको सरस्वती आधारभूत विध्यालयमा सम्पन्न उक्त कार्यक्रम तुलसी सेवा फाउण्डेशनका कोषाध्यक्ष ज्ञानेन्द्र विश्वकर्माको स्वागत मन्तव्य, संस्थाका सचिव धनबहादुर चुनाराको संचालन र संस्थाका उपाध्यक्ष कौशिला सुनारको सभापतित्वमा सम्पन्न भयो ।







