मटेला ब्वाइजद्वारा ७६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण
सुर्खेत ।
चिङ्गाड गाउँपालिकाका वडा नम्बर ३ र ४ का ८ वटा बिद्यालयमा मटेला ब्वाइजद्वारा ७६ वटा पिस न्यानो कपडा वितरण गरिएको छ ।
काठमाडौ स्थायी घर भएका मुकेश खतिवडाको आर्थिक सहयोगमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । बिपन्न तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई कपडा प्रदान गरिएको हो ।

नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय टुलेमा ५ पिस, नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय काडाँघुवानीमा ७ पिस, नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय खोलाकाटे ५ पिस , नेरा प्राबी सल्यानगैरा ५ पिस, नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय १२ पिस , सियाँला ५, मालिका माध्यमिक बिद्यालय २५ पिस भगवती प्राथमिक बिद्यालय ५ पिस र लक्ष्मी नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय ५ पिस गरि जम्मा ७६ पिस न्यानो कपडा प्रदान गरिएको हो।
सुरुवाती चरणमै रहेको मटेला ब्वाइजले यस अगाडि ठाँटिबजारको लागि ९५ वटा डस्बिन ठाँटी बजार ब्यबस्थापनलाई बुझाइ सकेको हो । अष्ट्रेलियामा बस्दै आउनु भएका मटेला ब्वाइजका संस्थापक संयोजक चन्द्र जिसी हुनुहुन्छ भने ब्वाइजका अध्यक्ष खगेन्द्र जि सी रहनु भएको छ ।

ब्वाइजले ठाँटी बजारको लागि अटो स्ट्रीट लाईट संगै आगामी दिनमा विभिन्न कार्यक्रमको भावी योजना तयार गर्दै रहेको संस्थापक संयोजक चन्द्र जिसीले बताउनु भएको छ ।






