Loading... आजः ५ भाद्र २०८३, शुक्रबार । Friday 21st August 2026

सुर्खेत महिला जेसीजको पद स्थापना सम्पन्न

सुर्खेत ।

गएको पौष १८ गते सम्पन्न सुर्खेत महिला जेसीजको ११औं साधारण सभाबाट निर्वाचित अध्यक्ष मनिषा कौशल लगाएतका पदाधिकारीहरुको आज पद स्थापना कार्यक्रम सम्पन्न गरिएको छ ।

नवनिर्वाचित बर्ष २०२२ का अध्यक्षलाई बर्ष २०२१ का अध्यक्ष लक्ष्मी गुरुङ्गले पद हस्तान्तरण गर्नुभएको हो । यस्तै नवनिर्वाचित अध्यक्ष कौशलले आज नै महासचिवमा मीना गुरुङ्ग र कोषाध्यक्षमा रञ्जना बुढालाई चयन गर्नुभएको छ ।

त्यस्तै सुर्खेत महिला जेसीजको ११औं साधारण सभाबाट कार्यकारिणी उपाध्यक्षमा सीता भण्डारी र कमला बस्याल, उपाध्यक्षमा प्रमीला थापा सुगन पोख्रेल विन्दु पुरी र यशोदा खत्री चयन हुनुभएको थियो ।

सुर्खेत महिला जेसीज बर्ष २०१३ का अध्यक्ष ज्योती कार्की (पौडेल) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पूर्व अध्यक्षहरुले बर्ष २०२१ का अध्यक्ष लक्ष्मी गुरुङ्गको गलामा रहेको अध्यक्ष माला बर्ष २०२२ का नवनिर्वाचित अध्यक्ष मनिषा कौशललाई लगाइदिनुभएको थियो   ।