Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

मुख्यमन्त्री शाहीको ‘तपाईंको मास्क खै’ अभियान

सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले ‘तपाईको मास्क खै’ अभियान चलाउनु भएको छ । सुर्खेतमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ‘तपाईंको मास्क खै’ अभियान शुभारम्भ गरिएको मुख्यमन्त्री शाहीले बताउनु भयो । ‘म पनि माक्स लगाउँछु, अरूलाई पनि माक्स लगाउन प्रेरित गर्छु’ भन्ने अभियानका साथ शनिबार बिहान ८ बजे राजधानी सुर्खेतको मंगलगढीबाट तपाईंको मास्क खै’ अभियानको शुभारम्भ कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गर्नु भएको हो ।


कोरोना भाइरसको सक्रमणबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि ‘तपाईंको मास्क खै’ अभियान चलाइएको हो । कोरोनाको तेस्रो लहरबाट बच्न कर्णालीबासी सबैले माक्स लगाई सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गरि आ–आफ्नो ठाउँमा कडाइ गर्दै ‘तपाईंको मास्क खै’ अभियान चलाइएको बिरेन्द्रनगर नगरपालिकाका प्रमुख देबकुमार सुबेदीले बताउनु भयो । यो अभियानको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति सुर्खेतको अगुवाइ र बिरेन्द्रनगर नगरपालिकाकाको समन्वयमा संचालन भएको हो ।

अभियान अन्र्तगत शुरूको दिन माक्स नलगाई हिड्नेलाई माक्स वितरण गरिएको र अन्य दिनहरूमा माक्स नलगाई हिड्नेलाई कारवाही गरिने सुबेदीको भनाई छ । बजारक्षेत्रमा हुने मानिसको चापलाई मध्यनजर राखेर सर्वसाधरण र सवारी चालकलाई मास्क वितरण गर्दै अभियान चलाइएको उहाँले बताउनु भयो ।


‘तपाईंको मास्क खै’ कार्यक्रमको शुभारम्भ गदै मुख्यमन्त्री शाहीले, मास्क प्रयोग नगरी हिड्ने सर्वसाधरणलाई मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुन पानीले हात धुन, भिडभाड नगर्न र स्वास्थ्य मापदण्डको पालना गर्न समेत आग्रह गर्नु भएको छ । । माक्स खै अभियानमा जिल्लास्थित राजनीतिक दलका प्रमुख, सुरक्षा निकायसंगै सरोकारवालाहरूको उपस्थितिमा सचेतनामुलक प्लेकार्डसहित बजार परिक्रमा गरिएको थियो । विश्वभर कोरोना संक्रमणको तेस्रो लहर बढेसँगै कर्णाली प्रदेशमा सतर्कता अपनाउन थालिएको छ ।