मुक्तक – सिर्जना सायरा
एक
मेरो जीन्दगीको शुरूवात गराैँ कहाँ देखि
जन्मदा धर्तीमा रूदै पाइला टेकेकी थिए
अब मेरो मन भित्र खुशी छराैँ कहाँ देखि
दुई
फेरि नजिक भएर म तिम्रो छेउमा आउँने मन छ
यी मेरा हातहरूले ती हातहरू समाउँने मन छ
एकदिन धाेकेबाजहरूकाे उत्सव मनाउने बिचार गरे
त्यस दिन तिमीलाई प्रमुख अतिथि बनाउँने मन छ
तीन
दुखि गरिब जनतालाई अत्याचार कहिलेसम्म
नेतालाई भने चुनाव गराउँन हतार कहिलेसम्म
गाउँमा मान्छे सिटामाेल सम्म नपाएर मरिरहँदा
हजुर यसरी माैन बस्छ यो सरकार कहिलेसम्म







