कलम भाँचेर बन्दुक बोक्नेहरुको अवस्था निरिह
सुर्खेत ।
कक्षा १० मा पढ्दै गर्दा कलम भाँचेर बन्दुक बोकेकाहरुको अवस्था निरिह भएको स्वयम् कलम भाँच्नेहरु र बन्दुक बोक्नेहरु नै बताउन थालेका छन् । माओवादी जनयुद्धमा होमिएका दुर्गाप्रसाद काफ्ले भन्छन् ‘यसरी संसदीय पद, प्रतिष्ठा, अवसर, कमाई, चम्चेगिरी, झोले, हनुमाने प्रवृत्ति मौलाउछ सोचेको भए १० कक्षा पढ्दै गरेको कलिलो उमेरमा कलम भाँचेर बन्दुक बोक्ने थिएन म । हामी किताब च्यातेर मर्न होमिएकाहरु र किताब च्यापेर पढ्न शहर पसेकाहरुको विच अहिलेको प्रतिस्पर्धामा म जस्ता तमाम साथिहरुको अवस्था निरिह र नाजुक छ ।’

चौथो वार्षिकोत्सवबाट सुरु भएको जनयुद्धको यात्रा आजकबा दिनसम्म आइपुग्दा २३ वर्ष वितिसकेका छन् । काफ्ले सम्झन्छन् ‘महान जनयुद्धको चौथो वार्षिकोत्सव सफल पारौं’ भनेर विभिन्न स्थानमा आफ्नै हातले लेखेका नाराहरु मेटिएका छैनन । सहिद सप्ताह भरी खडा गरिएका स्तम्भहरुका भग्नावषेश अझै बाँकी छन ।’
‘माक्र्सवादी दर्शनमा प्रभावित बाल मनोबिज्ञान भएर होला अवसर नपाए पछि निराश लाग्दैन, पद नपाए पछि खिन्नता लाग्दैन । केही पाउँला जस्तो लाग्दैन, केही गुमाउँला जस्तो लाग्दैन । २३ वर्ष अगाडि जुन जति थियो, त्यही गति छोडिएको पनि छैन । छोड्ने पनि छैन’ काफ्लेले मनैदेखि भने ।
काफ्लेको मनले भन्छ, ‘युग बदल्ने सनसनी पूर्ण यो महाअभियानमा मेरा बाबा लगायत १७ हजार निहत्था नेपाली जनताको कत्लेआम एक खराव सपना हो । म जस्ता अरुको सपनाहरूको पछि दौडेर आफ्ना सपना नभएको पतझर बिरुवा जस्तो सम्पूर्ण आत्माहरुलाई आजको दिन विशेष लाग्ने गर्दछ ।’
‘यस सुखद अवसरमा सम्पूर्ण सहिद परिवार जन, वेपत्ता परिवार जन, घाईते योद्धाहरु, स्वदेश बिदेशमा रहनु हुने माओवादी कामरेडहरु, माओवादी आस्थावान, शुभचिन्तक, शुभेच्छुक आमाबुबा, दाजुभाइ तथा दिदीवहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ काफ्ले वर्तमान राजनीतिक अवस्था प्रति चिन्ता व्यक्त गर्दै शुभकामना दिए ।
![दश वर्षे जनयुद्धमा देशभर कहाँ के भएको थियो ? [विवरणसहित] - Everest Dainik - News from Nepal](https://everestdainik.com/wp-content/uploads/2018/09/War-10.jpg)
काफ्ले त उदाहरण मात्र हुन् । जनयुद्धको लडाई लड्नेहरु मध्य केही पदमा पुगेपनि धेरैको अवस्था साँच्चिकै नाजुक छ । कसैका शरिरमा गोलीका छर्राहरु छन् । कोही अपाङ्ग छन् । कोही बेपत्ता छन् । हिजोको जनयुद्ध आज कसैलाई आलिसान महलमा पु¥याउनका लागि नभई जनताको जीवनस्तरको परिवर्तनका लागि थियो तर यथार्थमा त्यो सावित हुन सकेन । सबैका घाउ र पीडाहरु कोट्याउने हो भने अझ गहिरोसँग चह¥याउछ त्यसैले यत्ति भनौ जनयुद्ध दिवसको शुभकामना ।





