सुर्खेतमा भेटियो प्रेसर कुकर बम
सुर्खेत ।
बुलबुले गेटनजिक नोएमसिसि लेखिएको प्रेसर कुकुर बम फेला परेको छ । सुर्खेतको बुलबुले उद्यान नजिकै ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर फेला परेपछि नेपाली सेनाको बम बिस्पोजल टोलीले त्यसलाई निश्क्रिय पारेको छ । बन्द अवस्थामा रहेको प्रेसर कुकर बम भएको आशंका गरिएपछि सेनाको टोली आइपुगेको थियो ।
प्रेसर कुकरमा बम हुनसक्ने भएकोले निस्क्रिय गर्न प्राविधिक टोलीलाई रिपोर्टिङ गरिएको नगर प्रहरी कार्यालय वीरेन्द्रनगरले जनाएको छ ।कार्यालयका प्रमुख प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार प्रेसर कुकर राखिएको उक्त स्थान सुरक्षित राखिएको थियो । जसका कारण सुर्खेतका सर्वसाधारणहरुमा त्रासको वातावरण पैदा भएको छ ।






