Loading... आजः २० आश्विन २०८३, मंगलवार । Tuesday 6th October 2026

कर्णाली साहित्य समाजको अध्यक्षमा पुनः अधिकारी

सुर्खेत ।
कर्णाली साहित्य समाजको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले पुनः खगेन्द्र अधिकारी ‘अमृत’ लाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ ।


यसैगरी उपाध्यक्षमा देवकी तिमिल्सिना ‘समीक्षा’ सचिवमा सरस्वती पन्त सहसचिवमा बलिराज रोकाया कोषाध्यक्षमा उगुना शाहीलाई सर्वसम्मत रुपमा चयन गरिएको संस्थाका सचिव सरस्वती पन्तले जानकारी दिनुभयो ।

यसैगरी सदस्यहरुमा विष्णुकुमार खड्का, सिर्जु शाह, रमा केसी, लक्ष्मण पाण्डे र हस्तराज रेग्मीलाई सर्वसम्मत रुपमा चयन गरिएको छ भने एक जना सदस्य पछि कार्यसमितिले मनोनित गर्ने जनाइएको छ ।

संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ ले पेश गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष हस्तराज रेग्मीले पेश आर्थिक प्रतिवेदन साधारण सभाले सर्वसम्मत रुपमा पास गरेको छ ।

साधारण सभाको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि डा. दीपेन्द्र रोकायाले कर्णालीमा संस्थागत रुपमा कर्णाली साहित्य समाजले उत्कृष्ट कार्य गरिरहेको बताउँदै रचनाहरुको चर्चा परिचर्चासहितको समिक्षात्मक कार्यक्रमहरु गर्नुपर्ने, प्रकाशनमा पनि ध्यान दिनु पर्ने र आफ्नै सापेक्षताबाट अघि बढ्नका लागि कदम चाल्न आवश्यक भएको बताउनु भयो ।