Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

ट्राफिक नियम बारे विद्यार्थीलाई जानकारी प्रदान

सुर्खेत ।
इगरब्रीज आवासीय माध्यामिक विद्यालय वीरेन्द्रनगर सुर्खेतमा कक्षा १२ मा अध्ययनरत विज्ञान र व्यवस्थापन सङ्कायका विद्यार्थीहरूलाई जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्र आचार्यले ट्राफिक नियमहरूको बारेमा जानकारी दिनुभएको छ ।


सडकमा जेब्रा क्रस, ट्राफिक संकेतहरु, पार्किङ, दुर्घटना न्यूनिकरण सम्बन्धि विद्यार्थीहरुलाई जानकारी दिइएको छ । विद्यार्थीहरुलाई ट्राफिक नियम बारे जानकारी गराएमा उनीहरुले ट्राफिक नियम पालना गर्ने र दुर्घटनालाई न्यूनिकरण गर्न सहयोग पुग्ने उद्देश्य रहेको विद्यालयका प्रशासन प्रमुख कृष्णा न्यौपाने भूषालले जानकारी दिनुभयो ।

विद्यालयले जिल्ला ट्राफिक कार्यालयसँग सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरेको थियो । प्रायः यो उमेरका विद्यार्थीहरूले बाटो काट्ने क्रममा होस् या दुई पाङ्ग्रे सवारी चलाउँदा होस् विशेष ध्यान नदिने गरेको पाइएकाले पनि उनीहरुलाई ट्राफिक नियम र कानूनका बारेमा जानकारी दिनु आवश्यक रहेको प्रशासन प्रमुख भूषालको भनाई छ ।

पछिल्लो समयमा प्रायः प्लस टु उमेरका विद्यार्थीहरु बढी दुर्घटनामा पर्ने गरेको, तीब्र गतिमा सवारी चलाउने, ट्राफिक नियमको पालना नगर्ने भएको हुँदा यो कार्यक्रमले सकारात्मक भूमिका खेल्नेछ भन्ने विश्वास गरिएको भूषालले बताउनु भयो । यस्तै कार्यक्रम अन्य विद्यालय र संघ संस्थाले पनि गर्न जरुरी रहेको कार्यक्रममा उपस्थिति विद्यार्थीहरुले समेत बताएका छन् ।