Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

मोक्षभूमि माथि शिंजा सम्वाद

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा उपन्यासकार केशव दाहालको मोक्षभूमि माथिको शिजा सम्वाद सम्पन्न भएको छ । कर्णाली साहित्य समाजको आयोजनामा दाहालको उपन्यास माथि सम्वाद गरिएको थियो ।

No description available.
शिजा सम्वादमा कथाकार एवम् कर्णाली साहित्य समाजको संस्थापक संरक्षक महेशविक्रम शाहले उपन्यासकार केशव दाहालसँग सम्वाद गर्नुभएको थियो । सम्वादको क्रममा मोक्षभूमिको लेखनदेखि त्यसको विषयवस्तु र उक्त कृतिले दिने सन्देशका बारेमा शाहले प्रश्न गर्नुभएको थियो ।

सम्वादका क्रममा उपन्यासकार दाहालले भन्नुभयो, ‘मान्छेले अरुलाई ढाँटेपनि आफ्नो मनलाई कहिल्यै पनि ढाँट्न नसक्ने भएकाले साहित्यसँगको सम्वाद मखमली हुने बताउनु भयो । किनकी साहित्य मनदेखि प्रभावित हुने विषयवस्तु भएको उहाँको भनाई थियो । भाषा विना अक्षर बन्ने थिएन अनि अक्षर नभए किताब बन्ने थिएन किताब नबनेको भए मान्छेले कसरी अभिव्यक्ति गर्ने होला नि भन्ने प्रसँग उठाउँदै मानव सभ्यताको कडी भनेकै स्वतन्त्र समाज भएको दाहालले बताउनु भयो ।

No description available.
जहाँ दास प्रथा हुन्छ त्यहाँ मुक्तिका लागि विद्रोह हुन्छ भन्ने कुरालाई आधार मानेर आफूले मोक्षभूमिको रचना गरेको बताउँदै उक्त कृतिले पाठकको मन छुने र दिमाग हल्लाउने दाहालले बताउनु भयो । कार्यक्रममा उपस्थित विभिन्न स्रष्टाहरुको जवाफ दिँदै उपन्यासकार दाहालले भन्नुभयो, ‘मान्छे आफ्नो अस्तित्वको लागि लेख्छ र अस्तित्व निर्माणका लागि काम गरिरहेको हुन्छ ।’

कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ ले सहजीकरण गरेको उक्त कार्यक्रममा पिताम्बर ढकाल, युद्धविक्रम शाही, मणीकुमार पोखरेल, उमालाल आचार्य, ऋषिप्रसाद थानी, लिला ढकाल, हरिलाल महतारा, मायाप्रसाद शर्मा, हरिलाल महतारा, जागेश्वर नेपाल, मनोज दाहाल, सर्जन सिंह, अनिल ढकाल, पवन थापा, कृष्ण विरही जलन, महेन्द्र चन्द महासागर, पहल असिम थापा, भगवती विसी, यज्ञ खत्रीलगायतको उपस्थिति रहेको थियो । सम्वाद कार्यक्रमका लागि शहिद याम विसी स्मृति प्रतिष्ठानले सहकार्य गरेको थियो ।

No description available.

No description available.