सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा राप्रपा पनि गठबन्धनको पक्षमा
सुर्खेत ।
सुर्खेत उद्योग वाणिज्य संघको भोली वैशाख ४ गते हुने निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको समेत गठबन्धनलाई समर्थन रहेको जनाइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले एक विज्ञप्ति जारी गर्दैै हर्षविक्रम खड्काको नेतृत्वमा रहेको बृहत लोकतान्त्रिक साझा व्यावसायिक प्यानललाई समर्थन गरेको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यही मिति २०७९ वैशाख ४ गते हुने सुर्खेत उद्योग वाणिज्य सँघको निर्वाचनमा हर्षविक्रम खड्का नेतृत्वको बृहत लोकतान्त्रिक साझा व्यावसायिक प्यानललाई राष्ट्रिय प्रजातन्त्र पार्टी र यसको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठनले सहयोग, समर्थन र मतदान गर्ने निर्णय गरेको छ ।’
उद्योग वाणिज्य संघलाई सबै व्यावसायीहरुको साझा संस्था बनाउन सबै आस्था र विचार समूहका व्यावसायीहरुको सुर्खेत उद्योग वाणिज्य संघमा प्रतिनिधित्व गराउनका लागि हर्षविक्रम खड्काको बृहत लोकतान्त्रिक साझा व्यावासायिक प्यानललाई मतदान गरी विजयी गराउनु हुन सम्पूर्ण उद्योगी व्यावसायीहरुमा हार्दिक अपिल गर्दछौ विज्ञप्तिमा भनिएको छ ।
बृहत लोकतान्त्रिक साझा व्यावासायिक प्यानलमा ६ दलहरु एक ठाउँमा भएका छन् । जसले गर्दा गठबन्धनलाई झनै बलियो बनाएको छ ।






