राप्रपाबाट वीरेन्द्रनगरको मेयरका उम्मेदवार गिरिको सामाजिक तथा राजनीतिक यात्रा
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वीरेन्द्रनगरको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टिको तर्फबाट केन्द्रिय उपाध्यक्ष मुकुन्दश्याम गिरिले उम्मेदवारी दर्ता गर्नुभएको छ । सोमवार उम्मेदवारी दर्ता गरेका गिरिले बुधवार सुर्खेतको गणेश मन्दिरमा भ्रष्टाचार नगर्ने कसम खाएर आफ्नो चुनावी अभियान सुरु गरेका छन । कर्णाली प्रदेश राजधानीमा रहेको मुख्य नगर भएकाले यसपटकको स्थानिय निर्वाचनमा आफ्नो नेतृत्वमा सरकार बनाई सुर्खेतको विकासमा महत्त्वपूर्ण योगदान गर्ने उदेश्यले गिरि चुनावी मैदानमा होमिएका हुन ।
को हुन मुकुन्दश्याम गिरि ?
दैलेखको दुल्लु खेतगाउँमा २०१७ साल फागुन २१ गते जन्मिएका गिरि २०२९ सालदेखी बिद्यार्थी संगठनमा आबद्द भएर निरन्तर सामाजिक तथा राजनीतिक यात्रा सुरु गरेका थिए । स्नातकसम्म अध्यान गरेका उनले २०३२ सालमा बिद्यार्थी संगठनको केन्द्रिय सदस्य र २०३४ मा केन्द्रिय उपाध्यक्ष भएका थिए ।
बर्ष १९८४ मा वीरेन्द्रनगर जेसिजको अध्यक्ष र २०४२ मा बाल संगठन सुर्खेतको अध्यक्ष बनेर आफ्नो कार्यकालमा संस्था तथा समाजको सकारात्मक रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याएका थिए । २०४३ मा लाटिकोईली गाउँ प्रधानपञ्च निर्वाचित भएर सामाजिक बिकासमा महत्त्वपूर्ण योगदान गर्नुको साथै पंचायत व्यवस्थाको अन्त्यपछी गिरि राप्रपा जिल्ला कार्यसमिती सुर्खेतको सचीव भएर १० बर्ष काम गरेका थिए ।
तत्कालीन राप्रपा नेपालको केन्द्रिय समिती सह-महामन्त्री तथा राप्रपा एकीकरण पछि केन्द्रिय समिती निर्देशन समितिको सदस्य तथा पछिल्लो अधिबेशन पछि राप्रपाको केन्द्रिय समिती उपाध्यक्ष मुकुन्दश्याम गिरि २०४२ सालदेखि १० बर्षसम्म गंगामाला निमाबीको अध्यक्ष भएर शिक्षा क्षेत्रको विकासमा पनि महत्त्वपूर्ण भुमिका खेलेका थिए ।
नियमित राजनीति र समाजिक क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्दै आउनुभएका गिरि २०६१ मा वीरेन्द्रनगरको मेयर बनेका थिए ।
२०६१ मा वीरेन्द्रनगरको मेयर हुदा गरेका महत्वपूर्ण कामहरु
- क्षेत्रीय हस्पिटल सुर्खेत (कर्णाली प्रदेश अस्पताल)को स्थापना,
- हाल निर्माण सम्पन्न सभागृहको परिकल्पना र प्रारम्भ
- वीरेन्द्रनगरका सडक सुधार तथा स्तरउन्नति,
- एयरपोर्टदेखि सानोसुर्खेत सडक तथा देउतीबज्यै सडक योजनामा समावेश,
- बाल संगठन तथा बिधालय भवन निर्माण,
लाटिकोईलीको प्रधानपञ्च हुदा गरेका महत्वपूर्ण कामहरु
- धुलाविट सानोसुर्खेतसम्मको जंगल किनारमा बसेको अव्यवस्थित बस्तिलाई नाप नक्सा गराई अस्थाई पुर्जा बितरण
- वुलवुलेको पानी काक्रेविहार पुर्याएर नौ वटै वार्डमा पिउने पानी पुर्याउन एडिबिसङ्ग समन्वय
- लाटीकोईलीको ९ वटै वडामा विधालय स्थापना लगायतका सामाजिक क्षेत्रमा धेरै कामहरु भएका थिए ।
यसरी समाजिक तथा राजनितिक क्षेत्रमा थुप्रै परिवर्तनका कामहरु गरेर समाज बिकास योगदान पुर्याएका मुकुन्दश्याम गिरि अहिले वीरेन्द्रनगर बिकासका विभिन्न एजेण्डा तथा योजनाहरु ल्याएर राप्रपाबाट नगरप्रमुखको उम्मेदवारी दिएका छन ।
यस्ता छन,
एजेण्डा तथा वीरेन्द्रनगर विकासका भावी योजनाहरु
विवादित सुर्खेत एयरपोर्ट विस्तार गर्ने :- एयरपोर्ट विस्तार गर्दा (जनतालाई कम क्षती पुर्याउने गरि) सडकलाई अण्डरपास बनाएर यातायात सुचारु राख्न पहल गर्ने,
उपत्यकाभित्र पिउनेपानीको समस्यालाई समाधान गर्ने :-सुर्खेत उपत्यकामा चरमअभाब रहेको पिउनेपानी को समस्यालाई अन्त्य गरि सबै वीरेन्द्रनगर बासिलाई शुद्ध पिउने पानीको व्यबस्था गर्ने,
अव्यवस्थित दक्षिण र पुर्वी बस्तिलाई व्यवस्थापन गर्ने :-खेतियोग्य जमिनलाई नास गर्दै उपत्यकाको गुरुयोजनाको प्रतिकुल रहेको बजारीकरण भैरहेको अव्यवस्थित दक्षिण र पुर्वी बस्तिलाई व्यवस्थापन गरि खेतियोग्य जमिनको संरक्षण गर्ने,
सुन्दर सान्त सहरको खाका निर्माण र कार्यान्वयन गर्ने :-वीरेन्द्रनगरलाई सुन्दर र सान्त सहर बनाउन विभिन्न अध्यान तथा योजना बनाई काम गर्ने,
गुणस्तरीय शिक्षा :-बिधालयहरुमा गुणस्तरीय शिक्षाका लागि कार्ययोजना बनाउने
नगरमा आवश्यक योजना बनाउन बिज्ञ तथा नागरिक सहितको समिती बनाउने :-वीरेन्द्रनगरमा कस्तो योजना बनाउनेवारे सुर्खेतकै विभिन्न पार्टिमा सदस्य, नागरिक, विज्ञ, युवा, शिक्षक र विभिन्न समुदायका व्यक्तिहरु सम्मीलित एउटा समिती बनाउने र जनसाधारण समेतको सुझाबको आधारमा भावी कार्ययोजना बनाउने,
प्रस्तावित कर्णाली बसपार्कको निर्माण :- सुर्खेतमा प्रस्तावित कर्णाली बसपार्कको निर्माणका गर्ने,
वेरोजगारी अन्त्य :-रोजगारीको अभावमा विदेश जान बाध्य युवाहरुको लागि कृषि तथा अन्य रोजगारमुलक तालिम, सिपमुलक प्रशिक्षण दिने व्यवस्था गरि स्वरोजगार बनाउने,
सुत्केरी महिलालाई प्रतिमहिना ३००० भत्ता :- सुत्केरी महिलालाई मासिक ३ हजार भत्ता तिन महिनासम्म दिने ।
चौबीसै घण्टा नगर एम्बुलेन्सको व्यबस्था :- नागरिकलाई गुणस्तरीय स्वास्थ सेवाको लागि चौबीसै घण्टा नगर एम्बुलेन्सको व्यबस्था गर्ने,
बृद्धहरुको स्वास्थ परिक्षणका लागि घरदैलो कार्यक्रम :- अशक्त तथा बृद्ध नागरिकहरुलाई स्वास्थ सेवा सहज बनाउन घरदैलोमा पुगेर स्वास्थ परिक्षण गर्ने,
घरदैलोमा वृद्धभत्ता :- जेष्ठ नागरिकलाई दिने सामाजिक सुरक्षा भत्ता घरदैलोमा गएर बितरण गर्ने,
भ्रष्टाचार अन्त्यका लागि हेल्पडेस्क बनाउने :-भ्रस्टाचार उन्मुलनका लागि हेल्पडेस्क बनाई शुक्ष्म अध्यान टिम बनाउने भ्रस्टाचार गर्नेलाई कार्वाहीका लागि पहल गर्ने,
वीरेन्द्रनगर-सिद्धापाईला केवुलकार संचालनमा पहल :- निजि क्षेत्रसङ्गको सहकार्यमा वीरेन्द्रनगर सिद्धापाईला केवुलकार संचालनका लागि पहल गर्ने,
नगरबसको व्यबस्था :- बढ्दो ट्राफिक व्यबस्थित गरि वीरेन्द्रनगरमा नगरबस संचालनमा ल्याउने ।