Loading... आजः २० बैशाख २०८१, बिहीबार । Thursday 2nd May 2024

युवा नेता शाही जनताको घरदैलोदेखि भेडीगोठसम्म

जुम्ला ।
यतिबेला स्थानीय निर्वाचनको माहोल निकै तातिरहेको छ । नेता तथा सक्रिय कार्यकर्ताहरु भोट माग्नका लागि जतताका घरदैलोमा जाने गरेका छन् । जनतासँग भेटेर आफ्ना योजनाहरु सुनाउने र आफ्नो पक्षमा मत माग्ने गरिरहेका बेला हिमा गाउँपालिका वडा नं. १ जुम्लाका वडाअध्यक्षका उम्मेदवार भने जनताको घरदैलोमा मात्र होइन भेडीगोठसम्म भोट माग्न पुगेका छन् ।

No description available.
न ठूलो तामझाम न पछाडि नारा र जुलुस गर्ने कार्यकर्ताहरु । झट्ट हेर्दा एउटा सामान्य कार्यका लागि भेटघाट गर्न गएको जस्तै देखिने तर निकै आरदपूर्वकको अभिवादन । यो कुनै जम्काभेट नभएर आसन्न स्थानीय तहको निर्वाचनको लागि मत माग्नका लागि भेडीगोठ पुगेका उम्मेदवारको यथार्थता हो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर हो सत्य । जुम्लाको हिमा गाउँपालिका वडा नं. १ मा नेपाली काँग्रेसबाट वडाअध्यक्षको उम्मेदवार बनेका रतनबहादुर शाही जनताको घरदैलोमा गएर भोट त माग्छन् तर उनलाई त्यत्तिले मात्र सन्तुष्टि प्रदान गर्दैन । आफै पनि कृषि तथा पशुपालनका क्षेत्रका काम गर्ने भएकाले उनको ध्यान त्यस क्षेत्रमा नहुने कुरै भएन । त्यही मौकामा एउटा खबर आयो ‘भेडीगोठमा रहेका गोठालाहरुले रतन शाही हामीलाई भेट्न आउँदैनन् त ?’ भन्ने । जुन खबरले शाहीको दिमाग बाक्लो बस्ती भएका घरहरुमा होइन भेडीगोठमा पुग्यो र उनी लम्किए गोठालाहरु भेट्नका लागि ।

No description available.
भेडीगोठमा बस्ने गोठालाहरुले नै युवा नेता रतन बहादुर शाहीलाई बोलाएर आर्सिरवाद दिने योजना सुनाएपछि उनी भोट भाग्न भेडीभोठमै पुगेका हुन् । उनले गोठालाहरुसँग भोट मात्र मागेनन् आर्सिरवाद समेत लिएर फर्किका छन् । प्रायः गोठमा बस्नेहरुलाई कसैले वास्ता नगर्ने अनि घरमा बस्नेहरुले बनाइको योजना अनुसार मात्र उनीहरुले भोट दिनुपर्ने परम्परा जस्तै बनेको र गोठालाहरुको अवस्थामा कुनै परिवर्तन नआउने भएका कारण यतिबेला उनीहरुले युवा र कषि तथा पशुपालनाका क्षेत्रमा रहेर काम गरिरहेका रतन बहादुर शाहीलाई गोठमै बोलाएका हुन् ।

भेडा पाल्ने मुख्य पेशा भएपनि परम्परागत रुपमै उनीहरुलाई सधैँ गोठालो बनाइराख्ने कुराको विरोध गर्दै आधुनिक कृषि प्रणाली र पश्पालनामा जोड दिनका लागि पनि आफू वडाअध्यक्षको उम्मेदवारको रुपमा खडा भएको अनि पार्टीले पनि विश्वास गरेकाले निर्वाचनमा होमिएको शाहीको भनाई छ ।

म सरकारी बाइक चढ्नका लागि वा तलब र भत्ताका लागि जनप्रतिनिधि बन्ने होइन मैले त जुम्लाको हिमा गाउँपालिकाको आफ्नो वडामा बसोबास गर्नेहरुको दैनिकीमा परिवर्तन ल्याउनु छ । विशेष गरी आधुनिक कृषिका क्षेत्रमा पकेट कार्यक्रमको योजना बनाउँदै पशुपालनमा राज्यको कानूनले गर्न मिल्ने जत्ति काम गरेर अगाडि बढ्नुछ । त्यसका निम्ति मैले जनप्रतिनिधिको रुपमा आउनु पर्छ भन्ने ठाने र आम आमाबुबा दाजुभाइ दिदीबहिनीहरुको चाहाना बुझे जसले गर्दा निर्वाचनको मैदान प्रतिस्पर्धा गर्न आएँ शाहीले बताए । अरु घोषणा पत्र र चिल्ला भाषण गर्दैछन् तर त्यसले जनताको दैनिकी परिवर्तन हुँदैन शाहीको जिकिर छ ।