Loading... आजः १५ बैशाख २०८१, शनिबार । Saturday 27th April 2024

राप्रपा सुर्खेतले मनायो स्थापना दिवस

सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति सुर्खेतले स्थापना दिवस मनाएको छ । जिल्ला कार्य समितिको आयोजनामा एक विशेष कार्यक्रमको आयोजना गरेर पार्टीको ३३ औं स्थापना दिवस मनाइएको पार्टीका जिल्ला अध्यक्ष कविराम पुरीले जानकारी दिए ।

No description available.
पार्टीको झण्डोतोलन गर्दै शुभकामना आदान प्रदान गरिएको उक्त स्थापना दिवसको कार्यक्रममा पार्टीले पछिल्लो समयमा लिएको संगठन विस्तारको गतिलाई तिब्र बनाउनु पर्ने बताइएको छ । हिजोका दिनमा हामीलाई राप्रपा भएकै कारणले अनेक विभेद गर्नेहरु आज गणतन्त्रका नाममा भएका अनियमितता थेग्न नसक्ने अवस्थामा पुगेकाले जनताले तेस्रो शक्तिको रुपमा राप्रपालाई खोजिरहेका छन् अध्यक्ष पुरीले शुभकामना दिँदै भने । उनले थपे, अब मूलुक गणतन्त्रवादीबाट होइन राष्ट्रवादीबाट हाँकिन जरुरी भएको जनताले बुझिसकेका छन् । पश्चिमको धनगढीमा होस् कि पूर्वको धरानमा अथवा देशको राजधानी काठमाडौंमा होस् कि कर्णालीको जुम्ला र कालिकोटमा । जनताले स्वतन्त्र उम्मेदवारलाई विजय गराउनु भनेको ठूला दल हौं भनेर दम्भ देखाउनेहरुको असक्षमता हो ।

पार्टीको स्थापना दिवसको अवसरमा चियापान समेतको आयोजना गरिएको थियो भने शब्द स्वागत भरत ढकालले गरेका थिए ।

No description available.

No description available.

No description available.