Loading... आजः २७ श्रावण २०८३, बुधबार । Wednesday 12th August 2026

वडा नं. ६ को सार्वजनिक सुनुवाई सम्पन्न

लागु औषधी दुव्र्यसनी मुक्त वडा निर्माणमा जुटेका छौः वडाअध्यक्ष रावल

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानीमा रहेको वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ६ ले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ मा भए गरेका कार्यहरुको बारेमा वडा भित्रका टोलविकास संस्थाका प्रमुख एवम् पदाधिकारीहरु तथा वडावासीहरुको उपस्थितिमा वडा कार्यालयले सार्वजनिक सुनुवाई गरेको हो ।

No description available.
वीरेन्द्रनगर नगरपालिकाको भूमि व्यवस्थापन सम्बन्धि शाखामा कार्यरत पूर्व वडासचिव टीका कुमारी थानीले वडामा चालु आवमा भए गरेका कार्यहरुको बारेमा सार्वजनिक प्रस्तुती राख्नुभएको थियो । पूर्वाधार विकास, सामाजिक विकास, वातावरण तथा विपद व्यवस्थापन सुशासन तथा संस्थागत विकासलगायतका क्षेत्रमा वडा कार्यालयले १ करोड ४५ लाख १२ हजार बजेट खर्च गरेको थानीले बताउनु भयो ।

सहभागीहरुबाट उठेका विभिन्न प्रश्नको जवाफ दिँदै निवर्तमान वडा अध्यक्ष मोति प्रसाद कँडेलले चालु आवमा वडावासीका साथै विभिन्न टोल विकास संस्थाको सहयोगमा वडाको समृद्धिका लागि चालिएका कदमहरु सफल रहेको बताउनु भयो । आगामी दिनमा समेत वडावासीले प्रत्यक्ष वा टोलविकास संस्था मार्फत भएपनि वडा कार्यालयले गरेका राम्रा कामको लागि धन्यवाद र कमीकमजोरी हुन नदिनका लागि खबरदारी गर्न जरुरी छ कँडेलले भन्नुभयो ।

No description available.
कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिँदै वडाअध्यक्ष जनक बहादुर रावलले लागु औषध दुव्र्यसनी मुक्त वडा निर्माणमा जुटेको बताउनु भयो । वीरेन्द्रनगर नगरपालिकाको सबैभन्दा धेरै जनधनत्व भएको प्रमुख वडाको रुपमा समेत रहेको वडा भएकाले पनि यस वडालाई विभिन्न ढंगबाट हेरिनु स्वभाविक भएको बताउँदै यसको समृद्धिको लागि कानूनी रुपमा अवैध ठहरिएका कार्यहरुलाई निरुत्साहित गर्न जरुरी छ वडाअध्यक्ष रावलको भनाई थियो । उहाँले भन्नुभयो, पाँच वर्षको अवधिमा यस वडालाई लागु औषध दुव्र्यसनी मुक्त वडा निर्माणका लागि जुटेका छौ सबैको साथ र सहयोगको खाँचो छ ।

No description available.
वडा सचिव अञ्जु ज्ञावालीले शब्द स्वागत गर्नुभएको कार्यक्रममा वडाका पदाधिकारीहरु, वडा कार्यालयका कर्मचारीहरु, टोल विकास संस्थाका अध्यक्षहरु, आमा समूहका प्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयम्सेविकाहरु, नागरिक अगुवाहरुको उपस्थिति रहेको थियो ।