Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

गंगाको पढ्ने इच्छा पूरा हुने भयो

सुर्खेत ।
जाजरकोट जिल्लाको छेडागाढ नगरपालिका वडा नं. ११ की गंगा गिरी आर्थिक अभावका कारण पढ्ने इच्छा अधुरै रहने पिरले तड्पिरहेका बेला समाजसेवी जयन्ती थापाले उनको पढाईको जिम्मा लिएपछि गंगाको पढ्ने इच्छा पूरा हुने भएको छ ।

May be an image of 1 person and standing
जाजरकोट निवासी जनक केसीसँग भएको कुराकानीका आधारमा जयन्तीले गंगाको पढ्ने इच्छा भएपनि आर्थिक अभाव रहेको कुरा थाह पाएपछि उनले गंगाको पढाई खर्च व्यहोर्ने जिम्मा लिएकी हुन् । गंगाका बुबा नभएको र आमाको समेत मानसिक अवस्था बिग्रेको साथै घरमा आर्थिक रुपमा चरम अभाव भएको थाह पाएपछि गंगालाई सिएनएन हिरो पुष्पा बस्नेतले कक्षा १ देखि १० सम्म पढ्नमा सहयोग गरेकी थिइन् । तर कक्षा ११ र १२ को पढाईका लागि फेरी समस्या आएको थाह पाएपछि जयन्तीले आफूले उनलाई पढ्नमा सहयोग गर्ने उद्देश्यले ११ कक्षाको लागि आवश्यक पर्ने सम्पूर्ण शुल्क, पोशाक, कापी, कलम, झोला, जुत्ता मोजा आदिको लागि रु.१६,६५० हस्तान्तरण गरिसकेकी छन् ।

अब गंगा जाजरकोटकै त्रिभुवन उच्च माध्यामिक विद्यालय खलंगामा कमर्श फ्याकेल्टीमा अध्ययन गर्नेछन् । यो सुखद अवसर जुराइदिएको भन्दै जनकलाई जयन्तीले धन्यवाद समेत दिएकी छन् । उनले विभिन्न विद्यालयहरुमा अक्षयकोष स्थापनासँगै अनाथ, गरिब, असहाय बालबालिकाहरुलाई पढाइरहेकी छन् ।